बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने महान्यायाधिवक्ता खरेलको जिकिर

Spread the love

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रीट निवेदनमाथिको सोमबार बहस गर्दै उनले संविधानमा यो विषय पनि हेर्न इजलाससमक्ष आग्रह गरे ।

प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि चौधौँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै सरकारका प्रमुख कानूनी सल्लाहकार खरेलले प्रधानमन्त्रीसँग बहुमत भएकाले पाँच वर्षको कार्यकाल भएपनि निर्वाचनमा जान सक्ने तर्क राखे । विघटनविरुद्ध कुनै पनि राजनीतिक दलबाट निवेदन नहालिएको जनाउँदै उनले यस सम्बन्धमा संविधानका सबै धारा हेरी अदालतले व्याख्या गर्नुपर्ने माग गरे ।

वर्तमान प्रधानमन्त्री सबैले स्वीकारेको प्रधानमन्त्री भएको जनाउँदै उनले ठूलो पार्टीको हैसियतले अन्य देशमा पनि भएको चलनअनुसार सरकार प्रमुखले प्रतिनिधिसभा विघटन गर्न पाउने जिकिर गरे ।

विगतमा आफूले बहुमतको प्रधानमन्त्री तथा पार्टी एवं सरकारले संसद् विघटन गर्न नसक्ने भनेर दिएको अभिव्यक्ति इजलासमा सुनुवाइका क्रममा उठेको भए पनि आफू अहिले सरकारको कदमको रक्षार्थ उभिएको उनले बताए । उनले संवैधानिक भूमिकामा रहेकाले आफू प्रधानमन्त्रीले चालेको कदमको पक्षमा बहस गर्न आएको बताए । रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि आजदेखि सरकारी पक्षबाट बहस शुरू भएको हो । बहस जारी छ ।

HT

0 thoughts on “बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने महान्यायाधिवक्ता खरेलको जिकिर

  1. के गर्नु नुनकाे साेझाे त गर्नै पर्याे नी, खरेल जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सबै अष्ट्रेलियालीलाई अक्टोबरसम्म खोप दिइने

२०७७ माघ १९, सोमबार ०८:५३
Spread the loveअष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने भएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले नेसनल प्रेस क्लबमा गरेको सम्बोधनका क्रममा अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताएका हुन् । प्रधानमन्त्री मरिससले कार्यक्रममा भनेका थिए कि अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइ सक्ने […]