काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर निर्वाचनको तयारीकाबारेमा जानकारी लिएका छन् । मंगलबार आयोग पुगेर प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीकाबारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग निर्वाचनको तयारीकाबारेमा जानकारी लिएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचनको सुरक्षा तयारी, बजेटलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले निर्वाचनका लागि सरकारले आयोगलाई सबै प्रकारको सहयोग गर्ने बताएका थिए ।
प्रेस सल्लाहकार थापाले पार्टीको विवाद भन्दा पनि आजको छलफल निर्वाचनको तयारीकाबारेमा केन्द्रित रहेको बताए । थापाले निर्वाचन आयोगमा पार्टी नआएर प्रधानमन्त्री आउनुभएको बताए । प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ आयोग पुगेका थिए ।