भारतको आन्ध्र प्रदेशको कर्नुल जिल्लामा बस र लरी आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बसमा १८ जना सवार थिए ।