थप १०५ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७२९४५ पुगेको छ ।

त्यस्तै मंगलबार थप ९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९३०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ७४ जना छन् भने आइसोलेसनमा १५८७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३६ खर्ब नजिक

२०७७ फाल्गुन ४, मंगलवार १६:३४
Spread the loveकाठमडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई नयाँ उचाइमा पुगेको छ । मंगलबारको वृद्धिपछि नेप्सेले दुई हजार ६०० बिन्दुको यात्रा तय गरेको छ । यो हालसम्मकै उच्च हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २५.५० बिन्दुले उकालो लागेर दुई हजार ६०१.५१ मा […]