काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावप्रति नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको आशक्ति देखिएको भन्दै कटाक्ष गरेका छन् ।
मंगलबार बिहाहन सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले संसद पुनःस्थापनापछि चुनावमा जाँदा कांग्रेसलाई दुवै हातमा लड्डु हुन्छ भन्दै किन नबुझेको भनी प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ । चुनावमा त ढिलोछिटो जानैपर्छ । तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाँदा(भैहालेमा !) संविधान धरापमा पर्छ । ससंसद पुनःस्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ ! किन नबुझेको ? कि सेटिङ नै हो ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेपछि सभापति देउवा यसबारे मौन रहँदै आएका छन् ।
