काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमतिमा खडा भएको जिकिर गर्दै मुलुकको अस्तित्व रक्षा पनि सहमतिमै हुने बताएका छन् । ७१औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार जारी शुभकामना सन्देशमा पूर्वराजाले निशेष र विभेदको राजनीति सुरु भएको आरोप लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।
‘नेपाल जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आमनेपालीले गरिरहेका पूर्वराजाको सन्देशमा भनिएको छ ।
