काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले संगठनात्मक एकता सम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा फागुन ७ मा जारी परिपत्रमा यथाशीघ्र एकताका काम सक्ने विषय उल्लेख छ ।
प्रदेश र जिल्ला इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुनेगरी मिलाउने, पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने, सामान्यतया पार्टी कमिटी तथा जनवर्गिय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा ५०/५० प्रतिशत हुनेगरी, विशेष स्थितिमा विशेष व्यवस्था गर्न सकिने परिपत्रमा उल्लेख छ ।
नेकपा विभाजनपछि ओली समूहमा लागेका नेताका पद अहिले रिक्त छन् । यसअघि दाहाल नेपाल समूहले पार्टी विभाजनलगत्तै प्रदेश इन्चार्ज भने तोकिसकेको छ ।
यस्तो छ मापदण्ड
