गोरखाको सुलिकोटमा एकै परिवारका तीन जना मृत फेला

Spread the love

गोरखा । गोरखाको बारपाकमा एक घरमा तीन जना मृत फेला परेका छन् । बारपाक सुलिकोट १ मा एउटै घरभित्र एक जना पुरुष र २ महिला मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको हो । मृतक सबैको मुखबाट फिज आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ८४ वर्षका दिलबहादुर गुरुङ, २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया उषा गुरुङ रहेका छन् । दिलबहादुर र आइतकुमारी ससुरा बुहारी हुन् भने उषा उनीहरुका नातेदार भएको स्थानीयले जानकारी दिएका छन् । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुले पछि घर भित्र गएर हेर्दा तीनै जना मृत भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एउटा विमानमा समस्या देखिएपछि २४ वटा बोइङ ७७७ विमान ग्राउन्ड

२०७७ फाल्गुन १०, सोमबार ११:३३
Spread the loveअमेरिकाको वायुसेवा कम्पनी यूनाइटेड एयरलाइन्सले आफ्ना २४ वटा बोइङ ७७७ विमान ‘ग्राउन्ड’ गर्ने निर्णय गरेको छ । शनिवार उडेको केही छिनमै एउटा विमानको इन्जिनमा समस्या देखिएपछि कम्पनीले यो निर्णय गरेको हो । डेन्भरबाट २३१ यात्रु र चालकदलका १० सदस्यसहित उडेको विमानबाट क्षतिग्रस्त इन्जिनका भागहरू आकाशबाट आवासीय क्षेत्रमा खसेका […]