थप १२५ जनालाई कोरोना संक्रमण

Spread the love

काठमाडौं । नेपालमा थप १२५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३५५६ पुगेको छ ।

त्यस्तै सोमबार थप ९० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९९६६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ६६ जना छन् भने आइसोलेसनमा १५२९ जना सक्रिय संक्रमित रहेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्ट्रेलियामा कोभिडविरुद्धको खोप अभियान शुरु

२०७७ फाल्गुन १०, सोमबार १६:३०
Spread the loveकोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ । अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई […]