भलिबल संघ र केल्मीबीच प्रयोजन सम्झौता

Spread the love

काठमाडौं । नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । .
नेपाल भलिबल संघले सोमबार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो ।

संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीको नेपाल प्रमुख प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पत्र अनुसार केल्मीले भलिबल टिमलाई दुई वर्षको लागि प्रायोजन गर्नेछ । सम्झौतासँगै केल्मीले संघलाई २ सय ५० वटा भलिबल उपलब्ध गराउने छ भने केल्मीले महिला र पुरुषका लागि २०÷२० सेट ट्रयाकसुट, अफिसियलका लागि जर्सी, खेलाडीका लागि जुत्ता मोजा, ट्रेनिङ जर्सी आदि उपलब्ध गराउने छ ।

प्रायोजन बापत राष्ट्रिय भलिबल टिमले अन्तराष्ट्रिय प्रतियोगितामा केल्मी अंकित जर्सी लगाउने छन् । केल्मी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजक गरिरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदको सम्भावित पुनःथापनापछिको राजनीतिक परिदृश्य

२०७७ फाल्गुन १०, सोमबार २१:५६
Spread the loveकेशवप्रसाद भट्टराई । १. संसद पुनःस्थापना भएमा तत्कालै नेकपाको दाहाल–नेपाल समूहले सभामुख समक्ष प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएकोले उनलाई पार्टीको सांसदको हैसियतबाट हटाउन अनुरोध गर्नेछन् । ओलीलाई त्यसरी हटाउने प्रक्रियाकै लागि उनलाई पहिला स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यबाट समेत हटाइ सकिएकै छ । २. सभामुखले त्यसलाई […]