संसदको सम्भावित पुनःथापनापछिको राजनीतिक परिदृश्य

Spread the love

केशवप्रसाद भट्टराई ।
१. संसद पुनःस्थापना भएमा तत्कालै नेकपाको दाहाल–नेपाल समूहले सभामुख समक्ष प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएकोले उनलाई पार्टीको सांसदको हैसियतबाट हटाउन अनुरोध गर्नेछन् । ओलीलाई त्यसरी हटाउने प्रक्रियाकै लागि उनलाई पहिला स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यबाट समेत हटाइ सकिएकै छ ।

२. सभामुखले त्यसलाई तत्कालै कार्यान्वयन गरेर ओली संसद सदस्य नरहेको (?) घोषणा गर्नेछन् । केही अघि मात्रै सरिता गिरीलाई सांसदबाट त्यसरी नै हटाएको नजीर पनि छ ।
३. ओलीलाई सांसद पदमा नरहेको घोषणा लगत्तै राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव दर्ता हुनेछ ।
त्यस्तो प्रस्ताव दर्ता भए लगत्तै राष्ट्रपति निलम्वित भई उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको हैसियतमा पुष्पकमल दाहाललाई तत्कालै प्रधानमन्त्रीको शपथ ग्रहण गराउने छन् ।
४. त्यस अवस्थामा ओली पक्ष सामू सम्भवत कुनै विकल्प रहने छैन ।
त्यसैले ओली पक्ष तत्कालै सडकमा आउने छ ।
प्रधानमन्त्री ओलीले विराटनगर भाषणमा उल्लेख गरेको आन्दोलनको घोषणा त्यसैको पूर्व सङ्केत थियो भन्ने लाग्दछ ।

५. र पुष्पकमल दाहाल सरकारले आवश्यकता अनुसार मुलुकमा सङ्कटकाल घोषणा हुने छ ।
संसदको विघटन सदर भएमा सडकमा आउने काम प्रचण्ड–नेपाल समूहले गर्ने छन् र ओली सरकारले संकटकाल लगाउने छ ।
६. सर्वोच्च अदालतको संवैधानिक आयोगको एक भोट निर्णायक हुने लक्षण देखिन्छ र यसैलाई संकेत गरेर मैले केही दिन अघि एउटा पोष्ट पनि गरेको थिएँ ।

सान्दर्भिक र असान्दर्भिक
दुई/दुई अनि एक अनिश्चित । एक जना त्यस्तो डार्क हर्सबारे निकट भविष्यले भन्ने छ !

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नासाद्वारा पर्सिभिअरन्स अवतरण गर्दै गरेको अद्भुत भिडियो सार्वजनिक

२०७७ फाल्गुन १०, सोमबार २२:३२
Spread the loveअमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले उसको पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडिओ सार्वजनिक गरेको छ । भिडियोमा गत साता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । त्यसमा रोबटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ । उक्त भिडियोमा धुलोको […]