सर्वोच्चको आदेशमा रिहा भएलगत्तै वास्तोला पुनः पक्राउ

Spread the love

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र वास्तोलालाई सर्वोच्चको आदेशमा रिहा भएलगत्तै प्रहरीले पक्राउ गरेको छ । रिहा भएलगगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो ।

सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।

सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।

अब पनि यही विषयमा थुनामा राखे नेपालको संविधानको धारा १२८ (४) र न्याय परिषद ऐन, २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनामा कारबाही गर्ने चेतावनी पनि सर्वोच्चले आदेश दिएको छ । तर सर्वोच्चले चेतावनीपूर्ण आदेश दिए पनि सरकारले बास्तोलालाई पुनः पक्राउ गरेको छ । यसैबीच बास्तोलालाई जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता मुद्दामा अनुसन्धान गर्न पठाइएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायालयको सम्मान गर्छुः प्रधानमन्त्री

२०७७ फाल्गुन १०, सोमबार १८:२७
Spread the loveकञ्चपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए फेरि सांसद किनबेचको खेल सुरु हुने बताएका छन् । सोमबरा कञ्चनपुरको वेदकोट नगरपालिकामा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुने बताएका हुन् । उनले भने, ‘यदि संसद पुनःस्थापना हुने भयो भने प्रधानमन्त्री […]