क्रोटोनलाई ३–० ले हराउदै युभेन्टस तालिकाको तेस्रो स्थानमा

Spread the love

युभेन्टस ईटालियन सिरि ए फुटबलको तेस्रो स्थानमा पुगेको छ । आफ्नो २२ औ खेलमा गएराती क्रोटोनलाई ३–० ले हराउदै युभेन्टस तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा युभेन्टसलाई शानदार जित दिलाउन क्रिष्टियानो रोनाल्डोले २ गोल गरे । अर्को गोल वेस्टोन म्याकेनीको नाममा रह्यो । ३८ औ मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले पहिलो हाफको ईन्ज्युरी समयमा अर्को गोल गर्दै टोलीलाई पहिलो हाफमै २–० को अवस्थामा पुर्याएका थिए । पाहुना टोलीमाथी अधिकांश समय दबाव बनाएको युभेन्टसले दोस्रो हाफको २१ औ मिनेटमा अर्को गोल गर्दै जित निकालेको हो ।

म्याकेनीले टोलीका लागि तेस्रो गोल गरेका हुन् । यो जितसंगै २२ खेलबाट युभेन्टसको ४५ अंक भएको छ । उ दोस्रो स्थानको एसी मिलान भन्दा ४ अंकले पछि छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभा विघटन मुद्दाः संवैधानिक इजलासमा आज पेसी

२०७७ फाल्गुन ११, मंगलवार ०८:४२
Spread the loveकाठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइको सबै प्रक्रिया सम्पन्न गरेको सर्वोच्च अदालतले आज ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ । सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले आजका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो । गत शुक्रबार नै इजलासका तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारका […]