थप ११० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु, १०२ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११० जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३६६६ पुगेको छ ।

मंगलबार थप १०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७००६८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०६५ पुगेको छ । क्वारेन्टाइनमा ६५ जना छन् भने आइसोलेसनमा १५३३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुना वनको ‘स्वर्ग झैं लाग्छ..’.(भिडियोसहित)

२०७७ फाल्गुन ११, मंगलवार १६:४०
Spread the loveयुवा पुस्तामाझ लोकप्रिय गायिका जमुना वन ‘स्वर्ग झैं लाग्छ..’.गीत लिएर आएकी छन् । पूजा लामाको शब्द रहेको गीतको सुरज राईले कम्पोज गरेका छन् भने देवेश राई एरेन्जर हुन् । न्यूटन लङ्थासाले निर्देशन गरेको गीतको सम्पादन ऋतुराज दत्त र तिलक रञ्जनले सम्पादन गरेका हुन् । जमुनाले यसअघि ‘तिमी छौ […]