पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीस्थित यकृत अस्पताल भर्ना

Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईलाई मंगलबार दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजे भर्ना गरिएको हो ।

भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी उपचार गर्न दिल्ली जान सुझाव दिएका थिए । चिकित्सकको सुझाव अनुसार भट्टराई आइतबार दिल्ली गएका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिगमनविरुद्धको लडाइँ हामीले जित्नैपर्छः प्रचण्ड

२०७७ फाल्गुन ११, मंगलवार ११:५२
Spread the loveकाठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु प्रतिगमनविरुद्धको युद्धमा रहेको र त्यसलाई जित्नै पर्ने बताएका छन् । मंगलबार काठमाडौंमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्ध नयाँ प्रकारको युद्धमा रहेको बताएका हुन् । उनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा रहेको र अदालतले सही फैसला गर्नेमा […]

समाचार छुट्याे की?