प्रतिनिधिसभा विघटन मुद्दाः संवैधानिक इजलासमा आज पेसी

Spread the love

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइको सबै प्रक्रिया सम्पन्न गरेको सर्वोच्च अदालतले आज ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ । सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले आजका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।

गत शुक्रबार नै इजलासका तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारका लागि पेसी राखिने बताएका थिए । पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए ।

पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुन्छ । यदि न्यायाधीशहरूबीच राय बाझिएमा बहुमत न्यायाधीशहरूको राय अनुसार निर्णय हुने गर्छ । इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुनसक्ने बताएको छ । विघटनमा सर्वोच्चले के फैसला गर्छ भन्नेमा आमचासो छ ।

एक साताभित्र फैसला आउनसक्ने बताइएको छ । प्रधानमन्त्रीको कदम सदर भए आगामी वैशाखमा निर्वाचनको बाटो खुल्छ भने निर्ण बदर भए संसद पुनःस्थापना भई संवैधानिक प्रक्रिया अनुरुप नयाँ राजनीतिक कोर्ष सुरु हुन्छ । संसद विघटनपछि सत्तारुढ नेकपामा दुई गुट बनेको छ । प्रचण्ड–नेपाल समूह संसद पुनःस्थापना हुनुपर्ने पक्षमा छ भने ओली समूह भने निर्वाचन तोकिएको मितिमै हुने बताउँदै आएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट अमेरिकामा पाँच लाख भन्दा बढीको मृत्यु

२०७७ फाल्गुन ११, मंगलवार ०९:०८
Spread the loveअमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या पाँच लाख नाघेको छ। अमेरिका कोरोनाभाइरसका कारण सर्वाधिक मृत्यु बेहोर्ने देश हो । अमेरिकाको पश्चिमी तटमा पहिलो पटक कोरोनाभाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको उक्त रोगका कारण निधन भएको हो। कोरोनाभाइरस सुरुमा चीनमा देखा परेको थियो । मृतकको सङ्ख्या […]