संविधानविरुद्ध सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज स्वागतयोग्यः गगन थापा

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि समाजिक संजालमार्फत प्रतिक्रिया दिँदै थापाले फैसलाले न्यायालयप्रति जनविश्वासलाई उच्च बनाएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी सवैलाई बधाई ! संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित : माधव नेपाल

२०७७ फाल्गुन ११, मंगलवार १८:५९
Spread the loveकाठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको बताएका छन् । सर्वोच्चको फैसलापछि सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च […]