अस्ट्रेलियामा कङ्गारूको १७ हजार तीन सय वर्ष पुरानो चित्रकला फेला

Spread the love

अस्ट्रेलियाका वैज्ञानिकहरूले चट्टानमा बनाइएको कङ्गारूको चित्रकला १७ हजार तीन सय वर्ष पुरानो भएको पत्ता लगाएका छन् । चट्टानयुक्त एउटा आश्रयस्थलको छानामा गेरु रङ्ग प्रयोग गरी बनाइएको दुई मिटर लामो चित्रकला फेला परेको हो ।

वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा उक्त चित्रकला भेटिएको हो। उक्त क्षेत्र आदिवासीहरूले चट्टानमा बनाउने चित्रकलाका लागि प्रसिद्ध छ । चित्रकला निर्माण गरिएको समय बारुला जातिको कीटको गुँडको माटोलाई रेडिओकार्बन–डेटिङ प्रविधिमार्फत् निर्क्योल गरिएको हो । नेचर ह्यूमन बिहेभिअर नामक जर्नलमा मङ्गलवार त्यससम्बन्धी अध्ययनको नतिजा प्रकाशन गरिएको हो ।

रेडिओकार्बन–डेटिङ प्रविधि प्रयोगमा अग्रणी मानिएका अनुसन्धानकर्ता डा. डेमिएन फिन्चले एउटै चित्रकलाको माथि र मुनिको भागमा बारुला जातिको गुँडको माटो फेला पर्नु दुर्लभ भएको बताएका छन् ।

तर उनको टोली चित्रकला बनाइएको न्यूनतम र अधिकतम समय निर्क्योल गर्न सक्षम भएको छ । मेल्बर्न विश्वविद्यालयसँग आबद्ध डा. फिन्चका अनुसार उक्त चित्रकला १७,५०० देखि १७,३०० वर्ष बीचको रहेको देखिन्छ। बढी सम्भावना १७,३०० वर्षको भएको उनले बताएका छन् ।

डा. फिन्च चट्टान, जीवाश्म र माटोको कालको अध्ययन गर्ने विशेषज्ञ हुन् । वैज्ञानिकहरूले अस्ट्रेलियामा सग्लो अवस्थामा फेला पारिएको यो नै सबैभन्दा पुरानो चित्रकला भएको बताएका छन् । उक्त शोधमा सहलेखन गरेका वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयका स्भेन ओउजम्यानले कङ्गारूको चित्रकला र अरू क्षेत्रका प्राचीन चित्रकलाबीच सम्बन्ध हुनसक्ने जनाएका छन्।

यसै वर्षको आरम्भरतिर अनुसन्धानकर्ताहरूले इन्डोनेशियाको सुलावेसी द्वीपमा एउटा सुँगुरको पूर्णाकृतिको ४५,००० हजार वर्ष पुरानो चित्रकला फेला पारेका थिए । दक्षिण अफ्रिकामा ७३,००० ह्याशट्यागजस्तो देखिने एउटा रेखाचित्र नै विश्वको सबैभन्दा पुरानो चित्रकला भएको विश्वास गरिन्छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमण नियन्त्रणका लागि नेदरल्याण्डमा मार्च १५ सम्म निषेधाज्ञा

२०७७ फाल्गुन १२, बुधबार १३:४०
Spread the loveकोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको निषेधाज्ञाको समय बढाएको छ । कोभिडका कारण लगाइएको कफ्र्युको समय पनि बढाइएको अधिकारीहरुले जनाएका छन् । डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेकाले देशका विभिन्न भूभागमा निषेधाज्ञा लगाएको बताएका छन् । प्रधानमन्त्री रुटले […]