ओलीविरुद्ध पुस ५ मा दर्ता भएको अविश्वास प्रस्ताव अघि बढ्ने

Spread the love

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताएको छ । पार्टीको संसदीय दलको अनौपचारिक बैठकपछि प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत रहेको बताएका हुन् ।

संसद शुरु भएपछि दलहरुकाबीचमा आपसी समझदारीका आधारमा अविश्वास प्रस्ताव माथिको प्रक्रिया अगाडि बढ्ने उनले बताए । सर्वोच्च अदालतको फैसला अनुसार संसदको अधिवेशन बोलाउनैपर्ने कारण प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन नमिल्ने उनले बताए ।

प्रमुख सचेतक गुरुङले बुधबारको अनौपचारिक बैठकमा संसदलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, संसदमा पैदा हुने विभिन्न एजेण्डाहरुमा विषयगत आधारमा आवश्यक सहकार्य गर्दै जाने र दललाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

सर्वोच्च अदालतले संविधान र संसदको रक्षा गरेको भन्दै नेताहरुले एक आपसमा खुसी र बधाई साटासाट गरेको पनि उनले बताए । संसदीय दलको अनौपचारिक बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिको बारेमा आफ्ना धारणा राखेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीले पद छोड्दा राम्रो हुन्छः सभापति देउवा

२०७७ फाल्गुन १२, बुधबार १९:५६
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । महेन्द्र नारायण निधिको ९९ औँ जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले संसदमा बहुमत पुर्याउन नसक्ने अवस्था आए त्यसअघिनै राजीनामा दिनु उचित हुने बताएका हुन् । तर […]