कोरोना संक्रमण नियन्त्रणका लागि नेदरल्याण्डमा मार्च १५ सम्म निषेधाज्ञा

Spread the love

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको निषेधाज्ञाको समय बढाएको छ । कोभिडका कारण लगाइएको कफ्र्युको समय पनि बढाइएको अधिकारीहरुले जनाएका छन् ।

डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेकाले देशका विभिन्न भूभागमा निषेधाज्ञा लगाएको बताएका छन् ।

प्रधानमन्त्री रुटले भने, ‘हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्काे वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ ।’

उनले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने जानकारी दिए । जस्तो कि प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने जानकारी उनले दिए । तर यहाँको सरकारले यहाँ लगाइ आएको कफ्र्युको अवस्था भने नहटाउने जनाएको छ ।

अहिले कतिपय स्थानमा विभिन्न समयमा कफ्र्युको घोषणा गरिएको छ । सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ । नेदरल्यण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कफ्र्यु लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कफ्र्युको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ओली समूहको निर्णय

२०७७ फाल्गुन १२, बुधबार १४:१८
Spread the loveकाठमाडौं । नेकपाको केपी ओली समूहले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्चको संवैधानिक इजलासबाट गरिएको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने र सम्मान […]