पशुपतिनाथमा राखियो १०८ किलोको सुनको जलहरी

Spread the love

काठमाडौं । पशुपतिनाथ मन्दिरको शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको हो ।

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । उनकाअनुसार १०८ किलोको सुनको जलहरी अर्पण गरिएको छ । यस कार्यका लागि ८० करोड रुपैँया खर्च भएको कोषले जनाएको छ । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पूजा भइरहेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नैतिकताका आधारमा राजीनामा नदिए संसदबाट गलहत्याउने भुसालको चेतावनी

२०७७ फाल्गुन १२, बुधबार १५:३७
Spread the loveकाठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले केपी शर्मा ओलीले नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा नदिए संसदबाट गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । सर्वोच्चको आदेशमा संसद पुनःस्थापना भएपछि प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजित सभालाई सम्वोधन गर्दै भुसालले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी हुन् । उनले […]