पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश

Spread the love

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न अन्तरिम आदेश दिएको छ । बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरी जलहरी राखेकै दिन सर्वोच्चले जलहरी नराख्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथ मन्दिरमा तत्काल जलहरी राख्ने कार्य नगर्न अन्तरिम आदेश दिएको हो । पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष एवं वागमती प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले जलहरी राख्ने कार्य विरुद्ध रिट दायर गरेका थिए ।

यसबारेमा वादी र प्रतिवादीलाई फागुन १७ गते छलफलका लागि बोलाइएको । तर पशुपति क्षेत्र विकास कोषले अदालतको आदेश आउनुपूर्व नै जलहरी राखिसकेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

२०७७ फाल्गुन १२, बुधबार १७:३४
Spread the loveइक्वेडरमा मङ्गलबार तीन वटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ जनाको मृत्यु हुनुको साथै अन्य कैयौ घाइते भएका प्रहरीले जनाएको छ । पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ । यस्तैगरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको […]