युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

Spread the love

युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग भएको छ । हङ्गेरीमा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप सिनोफार्म लगाउन थालिएकाले चिनियाँ खोप प्रयोग गर्नेमा हङ्गेरी पहिलो र एक मात्र युरोपेली मुलुक भएको हो । प्रधानमन्त्री भिक्टर अर्बानले पनि चिनियाँ खोप प्रयोग गर्नेमा आफ्नो देश पहिलो र एक मात्र युरोपेली मुलुक भएको बताए ।

झण्डै एक करोड जनसङ्ख्या रहेको यस मुलुकका लागि झण्डै ५० लाख खोप माग गरिएको उनले बताए । युरोपेली मुलुकहरूमा विकास गरिएको खोप नलगाइएको भन्दै कतिपयले हङ्गेरीको आलोचना गरेको जनाइएको छ । हङ्गेरीमा कोरोनाभाइरसका कारण अहिलेसम्म १४ हजार ५५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्पेनिस लिगमा बार्सिलोनाको जित

२०७७ फाल्गुन १२, बुधबार २२:२९
Spread the loveस्पेनिस लिग फुटबलमा बार्सिलोनाले एल्चेलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा योर्डी अल्बाले एक गोल थपे । जितसँगै तेस्रो स्थानको बार्सिलोनाले अंक तालिकाको दोसो स्थानको रियाल मड्रिडसँगको दूरी २ अंकमा सीमित गरेको छ । २४ खेलबाट बार्सिलोनाको […]