अस्ट्रेलियामा फेसबुक र गुगलले समाचार प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने कानुन पारित

Spread the love

अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ । यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए ।

गएको साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ । त्यो वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई त्यो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ। त्यो बाटो भनेको ती कम्पनीले समाचार संस्थासँग सोझै सहमति गर्न सक्ने प्रावधान हो ।

अस्ट्रेलियाको यो कानुन संसारका अन्य देशहरूका पनि समाचारका लागि सामाजिक सञ्जाल वा समाचार प्रयोग गर्ने साइटहरूलाई शुल्क तिर्नुपर्ने नियम भएका सम्भावित कानुनका लागि परीक्षण मानिएको छ । यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले बिहीवार संशोधन सहित पारित गरेको हो। सिनेटले सो कानुन पारित गरिसकेको थियो।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीलाई विदाई गरी नेकपाबाटै प्रधानमन्त्री चयन गरौंः उपाध्यक्ष गौतम

२०७७ फाल्गुन १३, बिहीबार १०:३५
Spread the loveकाठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार उपाध्यक्ष गौतम एकताको प्रस्ताव लिएर प्रचण्डलाई भेट्न गएका हुन् । गौतमले प्रधानमन्त्री ओलीलाई सम्मानजनक […]