पार्टीको भावी रणनीति तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

Spread the love

काठमाडौं । नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो तीन बजे पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाको निवास बूढानिलकण्ठमा बस्ने बैठकमा प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा भावी रणनीति तय गर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि बुधबार नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रे सभापति देउवालाई भेटेका थिए । उनीहरुले नयाँ गठबन्धन बनाएर अगाडि बढ्न आग्रह गरेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन् । उनीहरुसँगको भेटमा सभापति देउवाले पार्टीमा आन्तरिक छलफलपछि मात्रै निर्णय लिने बताएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोनसन एन्ड जोनसनको खोप एकै मात्रा लगाउँदा सुरक्षित र प्रभावकारी

२०७७ फाल्गुन १३, बिहीबार ०९:०३
Spread the loveअमेरिकी औषधि नियामक निकायले गरेको जाँचमा जोनसन एन्ड जोनसनको एक मात्रा (डोज) लगाउँदा हुने कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको पाइएको छ । सम्भवतः केही दिनभित्रै अमेरिकामा आधिकारिकता पाउने यो कोभिडविरुद्धको तेस्रो खोप हुनेछ । यो खोप फाइजर र मोडेर्नाकोभन्दा सस्तो र भण्डारण गर्न सहज हुनेछ । […]

समाचार छुट्याे की?