विश्वमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० हजार ५ सयको मृत्यु

Spread the love

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ५ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७६८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख २९ हजार ८ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ करोड ३० लाख ८४ हजार ८५२ पुगेको छ । हालसम्म विश्वमा ८ करोड ८७ लाख १ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

संक्रमितमध्ये २ करोड १८ लाख ७५ हजार ६१२ जना सक्रिय संक्रिमत रहेका छन् भने ९१ हजार ८६० जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख १८ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ भने २ करोड ८९ लाख ७४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड १० लाख ४६ हजार नाघेको छ भने १ लाख ५६ हजार ७४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार १०६जनामा संक्रमण पुष्टि भएको छ भने १४४ जनाको मृत्यु भएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टीको भावी रणनीति तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

२०७७ फाल्गुन १३, बिहीबार ०८:१८
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो तीन बजे पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाको निवास बूढानिलकण्ठमा बस्ने बैठकमा प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा भावी रणनीति तय गर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि बुधबार नेकपाको प्रचण्ड–नेपाल समूहका […]