‘बी’डिभिजन लिगमा सातदोबाटो युथ क्लब विजयी

Spread the love

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सादोबाटोले खुमलटार युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे । यस्तै खुमलटारका लागि सविन केसी र आदिल हमिदले एक एक गोल गरेका हुन् ।

खेलको ११औँ मिनेटमा सातदोबाटोका तामाङले पेनाल्टीमार्फत पहिलो गोल गरेका हुन् । खेलको २६औँ मिनेटमा खुमलटारका केसीले गोल गर्दै एक एक गोलको बराबरीमा पुर्याए । यस्तै खेलको ४८औँ मिनेटमा खुमलटारका हमिदले टोलीका लागि तेस्रो गोल गरे । खेलको ६१आँै मिनेटमा सातदोबाटोका राईले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याए ।

खेलको ७४औँ मिनेटमा सातदोबाटोका लागि बस्नेतले गोल गर्दै खेलको नतिजा ३–२ ले आफ्नो पक्षमा पारे । जितसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा कायमै रहेको छ । सातदोबाटोले हालसम्म सात खेलमा १९ अङ्क जोडेको छ । खुमलटारको भने सात खेलमा १६ अङ्क छ । खुमलटार लिगको दोस्रो स्थानमा छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ जना विद्यार्थीको अपहरण

२०७७ फाल्गुन १४, शुक्रबार २३:०६
Spread the loveनाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरीले पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ । प्रहरी प्रवक्ता मोहम्मद सेहुले विज्ञप्ति जारी गरी भनेका छन्, “सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ […]