वाणिज्य विभागका नायब सुब्बासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Spread the love

काठमडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखपढी काम गर्ने रामबाबु दाहाललाई भेट्नु भन्दै आठ हजार घुुस दिन लगाएको पाइएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले अर्जुन सुवेदी, नरेन्द्रबहादुर चन्द र रामबाबु दाहालविरुद्ध नै समान बिगो कायम गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले सप्तरी, कञ्चनरुप नगरपालिका–४ नापी कार्यालयका निमित्त कार्यालय प्रमुख हरिचन्दर ठाकुर र लेखनदास अरुणकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको जग्गा कित्ताकाट गर्ने कामका लागि १५ हजार घुस लिएको आरोप लागेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१५ करोड राजश्व छलीको अभियोगमा विभागद्वारा तीन जनाविरुद्ध मुद्दा दायर

२०७७ फाल्गुन १६, आईतवार २१:३३
Spread the loveकाठमाडौं । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आइतबार उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ । उनीहरूले १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ । […]