पूर्वप्रधानमन्त्री भट्टराईको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

Spread the love

दिल्ली । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन् । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका छन् ।

देखिएको ट्युमरलाई भने ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकले सुझाव दिएका छन् । यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने चिकित्सकले सचेत गराएका पाण्डेले जानकारी दिएका छन् ।

भट्टराईको भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराइएको थियो । भट्टराईले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए । भट्टराई मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने पाण्डेले बताएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-नेपाल समूहको निर्णय

२०७७ फाल्गुन १७, सोमबार १०:३५
Spread the loveकाठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई तत्काल दलको आधिकारिकता निरूपण गरिदिन ध्यानाकर्षण गराउने भएको छ । सोमबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी समस्या खडा भएको भन्दै तत्काल टुंगो लगाउन आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकले तत्काल स्थायी कमिटी र केन्द्रीय […]