महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्र गर्ने राप्रपाको निर्णय

Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्य व्यवस्था समितिको सोमबार बसेको बैठकले वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानले जानकारी दिए । बैठकले स्थानीय तह परिषद् तथा केन्द्रीय निर्वाचन समिति निर्देशिका पारित गरेको छ ।

निर्देशिकामा जिल्ला निर्वाचन समितिको गठन फागनु २५ गतेभित्र गरिसक्ने तथा सक्रिय सदस्यता वितरण अभियानलाई चैत १५ सम्म म्याद थप गर्ने उल्लेख छ ।

वडादेखि जिल्ला तहसम्मका इकाई समितिको गठन यही चैत मसान्तसम्ममा गरिसक्ने पनि उल्लेख छ । समायोजन गर्न बाँकी केही जिल्लाको सात दिनभित्र समायोजन गर्न नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रवबहादुर प्रधान र भास्कर भद्रालाई जिम्मेवारी दिइएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साधारण जीवनशैलीमा उच्चतम सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षकको निर्देशन

२०७७ फाल्गुन १७, सोमबार २२:२०
Spread the loveकाठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले सदैव साधारण जीवनशैली अवलम्वन गरी नागरिकलाई उच्चतम सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत प्रहरी कर्मचारीहरु तथा सोही महाविद्यालयमा विभिन्न तालिमहरुमा तालिमरत प्रशिक्षार्थीहरुलाई सोमबार सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले […]

समाचार छुट्याे की?