म्यान्मारमा सैनिक कू पछि पहिलो पटक देखिइन् सूकी

Spread the love

म्यान्मारमा सैनिक कू भएको एक महिनापछि पहिलो पटक नेत्री आङ सान सूकी देखिएकी छन् । उनी सोमवार भिडियो लिङ्कमार्फत राजधानीको एक अदालतमा उपस्थित भएकी हुन् । उनीमाथि विनाअनुमति वाकीटकी सेट आयात गरेको, कोभिडसम्बन्धी प्रतिबन्धहरू पालना नगरेको र डर पैदा गर्न सक्ने सूचना प्रकाशित गरेको आरोप लगाइएको छ ।

ती अभियोगहरू सामान्य देखिए पनि त्यसले उनलाई कुनै पदभार ग्रहण गर्न रोक लगाउन सक्छ । आइतवार मात्रै म्यान्मारमा हिंसात्मक बनेको प्रदर्शनमा प्रहरीको गोलीबाट १८ जनाको मृत्यु भएको थियो । याङ्गुनमा सोमवार पनि प्रदर्शन भइरहेका छन्।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रम्पले नयाँ दल नखोल्ने

२०७७ फाल्गुन १७, सोमबार १३:२०
Spread the loveअमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफू सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा आफ्नै पार्टीबाट उम्मेदवार हुनसक्ने बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिएपछिको पहिलो प्रमुख राजनीतिक सम्बोधनमा उनले त्यस्तो बताएका हुन् । उनले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्सलाई फ्लोरिडामा सम्बोधन गर्दै नयाँ पार्टी खोल्ने कुनै योजना नभएको उल्लेख गरे । सीमा […]