विश्वमा दुई करोड १९ लाख भन्दा बढी मानिसमा कोरोनाको सक्रिय संक्रमण

Spread the love

विश्वमा नौ करोड दुई लाख ४२ हजार ३३ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ११ करोड ४६ लाख ८६ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये २५ लाख ४३ हजार २ सय ६५ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १९ लाख भन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई करोड ९२ लाख ५५ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ९६ लाख ९४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने पाँच लाख २५ हजार सात सय ७६ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, छिमेकी मुलुक भारतमा हालसम्म एक करोड ११ लाख १२ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड सात लाख ८४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५७ हजार एक सय ९५ जना पुगेको छ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोलु एफएममा आगलागी

२०७७ फाल्गुन १७, सोमबार ०९:३१
Spread the loveसोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । सोमबार विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको छ । आगलागीबाट एक […]