अहिले पनि मलाई हटाउन सजिलो छैनः प्रधानमन्त्री

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापाको विर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका हुन् ।

उनले भने, ‘अहिले पनि आफूलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि हुने चुनावमा तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ प्रधानमन्त्रीले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको र सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए ।

उनले विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने पनि बताए । उनले भने, ‘ दुर्गा प्रसाईजीले ठूलो आँट गर्नु भएको छ। उहाँको हिम्मतलाई धन्यवाद भन्नै पर्छ। दुर्गाजीको बिएण्डसीले अस्पतालमा मात्रै चलाएको थियो। अब सरकारले मेडिकल कलेज पनि चलाउन अनुमति दिँदैछ ।’

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ७८ जनामा कोरोना संक्रमण

२०७७ फाल्गुन १८, मंगलवार १६:३३
Spread the loveकाठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७४२९४ पुगेको छ । त्यस्तै मंगलबार थप ७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको […]

समाचार छुट्याे की?