तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

Spread the love

काठमाडौं । सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा मंगलबार भने तोलामा नै सुन एक हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

सोमबार छापवाल सुन तोलामा ८८ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोवार भएको थियो । यसैगरी चाँदी मंगलबार तोलामा ४० रुपैयाँले घटेको छ । सोमबार एक हजार ३३० रुपैयाँमा कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारद्वारा विप्लवसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन

२०७७ फाल्गुन १८, मंगलवार १२:३५
Spread the loveकाठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार विज्ञप्ति जारी गरी गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् ।

समाचार छुट्याे की?