नवलपरासीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु 

Spread the love

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गएराति दुईवटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा परी ना६ख ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नम्बको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्रकका सहचालकसमेत घाइते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्ता प्रेमिका र भ्रष्टाचार सन्तान बनेका छन्

२०७७ फाल्गुन १८, मंगलवार ०९:११
Spread the loveडा. युवराज संग्रौला । देश जनताको हो, इसापूर्व चिनियाँ कन्फुसियसका चेला मेन्सियसले भनेका थिए, जनता देशका मालिक हुन् । यही कुरा चाणक्यले सम्राट धन नन्दलाई बताएका थिए । चिनियाँ विद्वान साङ्ग याङ्गले बताएका थिए, जबसम्म जनतालाई उत्पादनका लागि प्रेरित गरिँदैन, जनतालाई धनी बनाइँदैन, राष्ट्रको सुरक्षा हुँदैन । नेपालमा […]