भारतमा १३ जना तेस्रो लिङ्गी प्रहरीमा भर्ना

Spread the love

भारतको छत्तिसगढ राज्य सरकारले १३ जना तेस्रो लिङ्गीहरूलाई राज्य प्रहरीमा भर्ना गरेको छ । यति ठूलो सङ्ख्यामा लैङ्गिक अल्पसङ्ख्यकलाई राज्य प्रहरीमा अवसर दिइएको भारतमा यो पहिलो पटक हो ।

एकजना अधिकारीका अनुसार उनीहरू प्रतिस्पर्धामार्फत प्रहरी जवान दर्जामा छनौट भएका हुन् । अहिलेसम्म तमिलनाडू र राजस्थान राज्यमा एक–एकजना गरी दुई जना तेस्रो लिङ्गी मात्र प्रहरीमा भर्ती भएका थिए ।

सन् २०१४ मा सर्वोच्च अदालतले लैङ्गिक अल्पसङ्ख्यकलाई तेस्रो लिङ्गी समुदायको रूपमा मान्यता दिँदै अरूहरू सरह उनीहरूले पनि समान अधिकार पाउने आदेश दिएको थियो । अधिकारीवादी समूहहरूले भारतमा लैङ्गिक अल्पसङ्कहरूले भेदभावको सामना गर्नुपरेको बताउने गरेका छन्।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७७ फाल्गुन १८, मंगलवार ११:५६
Spread the loveकाठमाडौं । सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा मंगलबार भने तोलामा नै सुन एक हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन […]