सरकारसँग वार्ता गर्न विप्लवद्वारा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

Spread the love

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा उदय चलाउने दीपक सदस्य छन् ।

सरकारले वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेकै दिन महासचिव विप्लवले विज्ञप्ति जारी गरी आफूहरुको तर्फबाट पनि समिति बनेको जनाएका हुन् । नेकपामा फुट आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ताको प्रयास थालेका थिए ।

यसअघि पनि सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा भूमिगत समूहहरुसँग वार्ता गर्ने भन्दै समिति बनाएको थियो । तर, विप्लव समूहसँग स्पष्ट संवाद हुनसकेको थिएन । समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अहिले पनि मलाई हटाउन सजिलो छैनः प्रधानमन्त्री

२०७७ फाल्गुन १८, मंगलवार १५:५९
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापाको विर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका हुन् । उनले भने, ‘अहिले पनि आफूलाई हटाउन सजिलो छैन । यदि […]