विराटनगर । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सरसल्लाह गरेर मात्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।
प्रेस संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले संसद विघटनविरुद्ध आन्दोलनरत पार्टीहरु एक ठाँउमा उभिएर संयुक्त सरकार गठन गर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बारे विभिन्न राजनीतिक पार्टीबीच छलफल भइरहेको जानकारी दिए । अध्यक्ष नेपालले निर्वाचन आयोगका कारण अहिले अन्यौल रहेकाले छिटो भन्दा छिटो नेकपाको विवाद टुङ्ग्याउन आयोगलाई आग्रह गरे ।