कञ्चनपुरमा तस्कर र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीयको मृत्यु

Spread the love

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा बिहीबार साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो भिडन्त हुँदा भारतीय पक्षका एक युवक मारिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपाल प्रहरीमाथि भारतीय तस्कर गिरोहले बेलौरी नगरपालिका– ७ पौलाहास्थित नेपाल–भारत सीमा क्षेत्रमा फायर गरेका जानकारी दिए । जवाफी फायरमा प्रहरीले चलाएको गोलीबाट भारतीय युवक मारिएका हुन् ।

मृतक अन्दाजी २५ वर्षीय भारतीय युवकको साथबाट नक्कली नोट छाप्ने मेशिन, कागजत र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । घटनापछि नायब उपरीक्षक थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकसित राजनीतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय लिने

२०७७ फाल्गुन २०, बिहीबार २१:२५
Spread the loveकाठमाडौं । आगामी संसद बैठक र सत्तासमीकरणका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ । बिहीबार पार्टी सभापनि शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक […]