मङ्गल ग्रहमा पहिलो पटक गुड्यो पर्सिभिअरन्स् यान

1
Spread the love

अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स्को यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ । शुक्रवार पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको छ ।

एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको छ । यो दुई सातामा वैज्ञानिकहरूले सो यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । पर्सिभिअरन्स्ले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ ।

त्यो खोजका लागि यसले मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ । वैज्ञानिकहरूले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्रागऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछन् ।

तर चट्टानहरू खोतलेर हेर्नु अगाडि पर्सिभिअरन्स्ले विभिन्न परीक्षणहरू गर्नेछ । यस क्रममा त्यसले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ । आगामी केही साता उक्त यानले हेलिकप्टर निकालेर राख्न उपयुक्त स्थानको खोजी गर्नेछ । अहिले सो हेलिकप्टर यानभित्र तलपट्टिको भागमा रहेको छ

HT

One thought on “मङ्गल ग्रहमा पहिलो पटक गुड्यो पर्सिभिअरन्स् यान

  1. चट्टानहरू खोतलेर हेर्नु अगाडि पर्सिभिअरन्स्ले विभिन्न परीक्षणहरू गर्नेछ । यस क्रममा त्यसले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ । आगामी केही साता उक्त यानले हेलिकप्टर निकालेर राख्न उपयुक्त स्थानको खोजी गर्नेछ । अहिले सो हेलिकप्टर यानभित्र तलपट्टिको भागमा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बबुल र सुजताको ‘तिम्रो हुने कहिले’

२०७७ फाल्गुन २२, शनिबार १०:४५
Spread the loveबबुल गिरी र सुजता केसीको ‘तिम्रो हुने कहिले’ गीत सार्वजनिक भएको छ । गीत ‘क्लासिक फार्म मूभि’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको शब्द र संगीत संयोजन बबुल गिरीको रहेको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई कोरस स्वर नितु पौडेल र रमिला […]