चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश सदनमा प्रस्तुत भएकोमा असहमति राख्दै कांग्रेस र जसपाले बैठक अबरुद्ध गरेका थिए । १० मिनेटका लागि रोकिएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।