स्वीट्जरल्यान्डमा मुहार ढाक्ने पोशाकमा प्रतिबन्ध

Spread the love

स्वीट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन् । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो । सो दलले ’अतिवाद रोकौँ’ नारा पनि अघि सारेको थियो ।

आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१.२% मानिसले भोट हालेका थिए भने विपक्षमा ४८.८% मानिसले भोट हालेका थिए । एक अग्रणी स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति ’एक अँध्यारो दिन’ भनेको छ ।

स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो । कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई बहुलठ्ठीपूर्ण, बेकामे अनि इस्लामप्रति त्रास फैलाउने खालको भनेका छन् ।

स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोशाक लगाउने गरेको उनीहरूले औँल्याएका छन् । अब उक्त प्रतिबन्ध स्वीस संविधानमा उल्लेखित हुनेछ ।

स्वीट्जरल्यान्डमा मानिसहरूलाई उनीहरूको मामिलाबारे निर्णयको प्रत्यक्ष अधिकार प्राप्त छ। उनीहरूलाई बारम्बार विभिन्न मुद्दामा निर्णय दिन राष्ट्रिय तथा क्षेत्रीय जनमत सङ्ग्रहमा सहभागी गराइन्छ ।

सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ । फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो भने द नेदरल्यान्ड्स, डेनमार्क, अस्ट्रिया र बल्गेरियाले पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय महिला दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

२०७७ फाल्गुन २४, सोमबार ०७:४३
Spread the loveकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक […]