विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ लाख २२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ लाख २२ हजार ३६ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ८७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ करोड ८१ लाख ५५ हजार ६५८ पुगेको छ । हालसम्म विश्वमा ९ करोड ३८ लाख ४१हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । संक्रमितमध्ये २ करोड १६ लाख ९२ हजार २९ जना सक्रिय संक्रिमत रहेका छन् भने ८९ हजार ७०३ जनाको अवस्था गम्भीर रहेको छ ।
कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ४० हजार ५७४ जनाको मृत्यु भएको छ भने २ करोड ९८ लाख १ हजार भन्दा बढी संक्रमित भएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या १ करोड १२ लाख ६१ हजार नाघेको छ भने १ लाख ५८ हजार ७९ जनाको मृत्यु भएको छ ।