काठमाडौँ : सरकारले २०७७ सालमा भन्दा २०७८ सालमा ७ दिन बढी सर्वाजनिक बिदा दिने निर्णय गरेको छ । यो वर्ष थपिएका बिदा प्राय वर्तमान सरकार आएपछि काटिएका बिदा हुन् ।
राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचना अनुसार का अनुसार २०७८ सालमा मुलुकभर सार्वजनिक बिदा २२ दिन हुने भएको हो । राजपत्र अनुसार पर्वहरू नव वर्ष बैशाख १ गते, रक्षाबन्धन भदौ ६ गते, घटस्थापना असोज २१ गते, छठ कात्तिक २४ गते, माघी/माघे सङ्क्रान्ति माघ १ गते, महाशिवरात्री फागुन १७ गते तथा फागु पूर्णिमा हिमाली तथा पहाडी ५६ जिल्लामा चैत ३ गते र तराईका २१ जिल्लामा चैत ४ गते गरी ७ दिन बिदा हुनेछ ।
यस पटक दशै बिदा असोज २६ गतेदेखि ३० गतेसम्म ५ दिन हुनेछ । त्यस्तै तिहार बिदा कात्तिक १८ गतेदेखि २१ गतेसम्म ४ दिन हुनेछ ।
त्यस्तै विश्व मजदुर दिवस (मे १) बैशाख १८ गते, गणतन्त्र दिवस जेठ ११ गते संविधान दिवस असोज ३ गते, राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते, अन्र्तराष्ट्रिय महिला दिवस (मार्चा ८) फागुन २४ गते गरी ५ दिन बिदा हुनेछ । जयन्तीमा बुद्ध जयन्तीमा जेठ १२ गते बिदा हुनेछ ।
२०७७ सालमा रक्षाबन्धन, घटस्थापना, छठ, माघेसङ्क्रान्ति, तिहारको भोलिपल्ट, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसको दिन बिदा दिइएको थिएन । अहिले यी बिदाहरू थपेर २२ दिन पुर्याइएको छ ।
सरकारले ५ दिन पर्वमा बिदा थपेको छ भने, २ दिन दिवसमा बिदा थपेको छ । ०७७ मा सरकारले गणतन्त्र र प्रजातन्त्र दिवस राष्ट्रिय रूपमा मनाउने तर। बिदा नदिने निर्णय गरेको थियो । छठमा मधेसमा, माघी तराईका थारु समुदायलाई मात्रै बिदा दिने निर्णय सरकारले गरेको थियो । बिदा थप भएपछि यी पर्व मनाउनेहरू भने खुसी भएका छन् ।
२०७८ सालमा सार्वजनिक बिदा उल्लेख राजपत्र