शारदाप्रसाद त्रिताल ।
के हुँदा चैं देश विकास हुने हो !
-२०४६ ताका प्रजातन्त्र आए देश विकास हुन्छ भनियो ।
-२०५२ सालतिर माओवादीहरु आए देश विकास हुन्छ भनेर युद्ध नै गरियो ।
-२०६२ ताका गणतन्त्र आए देश विकास हुन्छ भनियो ।
-२०६४ सालमा संविधानसभाबाट संविधान बनाएपछि देश बन्छ भनियो ।
-संविधानसभाको चुनाव भयो र माओवादीहरुले नै सरकार निर्माण गरे ।
-माओवादीकै नेतृत्वमा सरकार हुँदा संविधानसभाले संविधान नबनाई अवसान हुनुपर्यो ।
-२०७० मा दोस्रो संविधानभा बन्यो र सो संविधानसभाका सदस्यहरुले आंखा चिम्लिएर सहि गरिदिएपछि केही नेताहरुले तयार गरेको संविधान जारी भयो ।
-सबै अवसरमा जनताले नेताहरुको भनाइलाई स्वीकार गर्दै सधैं साथ दिंदै आए ।
-नयाँ संविधान अनुसार २०७४ सालमा नयाँ निर्वाचनहरु भई तीन तहमा नै सरकारहरु बने ।
-सबै तहका सरकारहरु झण्डै दुई तिहाइको कम्युनिष्ट पार्टीका सदस्यहरुले चलाइरहेका छन् ।
-सरकार बनेको ३ वर्ष पुग्दा नपुग्दै कम्युनिष्टहरु बीच नै लुछाचुँडी भएर सरकारहरु धरासायी बनेका छन् ।
-अव एउटै दल (अझ एउटै गुट) ले दुई तिहाइ ल्याए मात्र देश विकास हुन्छ भन्न थालिएको छ ।
-के अव पनि विगत ३० वर्षदेखि बारम्बार अवसर पाएका तर देश विकासको लागि सिन्को भाँच्न नसकेका नेता र पार्टीहरुलाई नै जनताले साथ दिनु पर्ने हो ?
-लौ न नयाँ राजनीतिक सोचका साथ कोही आओस् ।