कोभिडको अस्पतालमा उपचार गरेपछि अधबैँसे महिलाहरूमा लामो समयसम्म लक्षणहरू रहने दुई अध्ययनले देखाएका छन् । उपचारको पाँच महिनापछि पनि ७० प्रतिशत अध्ययनमा सामेल महिलाहरूमा श्वासप्रश्वासमा समस्या, थकान, मांसपेशी दुखाइ र अन्य लक्षणहरू कायम रहेको पाइएको छ ।
यसको कारण महिला शरीरले रोगसँग लड्ने तरिकासँग जोडिएको हुन सक्ने बताइएको छ । तर अध्ययनकर्ताहरूले कोभिडको गम्भीरतासँग सीधा सम्बन्ध नदेखिएको बताएका छन् ।
समीक्षा हुन बाँकी लेस्टर विश्वविद्यालयले यूकेमा गत वर्ष अस्पताल भर्ना भएका एक हजार भन्दा बढी बिरामीमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । ग्लास्गो विश्वविद्यालयको अर्को अध्ययनले ५० वर्षभन्दा कम उमेरका महिलाहरूमा उपचारको सात महिनापछि श्वासप्रश्वासको समस्या हुने सम्भावना सात गुणा बढी हुने र थकान महसुस हुने सम्भावना पुरुषभन्दा दुई गुणा बढी हुने देखिएको छ।