काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अहंकार, घमण्डलाई पचाएर भएपनि पार्टी बनाउने र बचाउने बताएकी छन् । शनिबार ट्वीट गर्दै नेतृ झाँक्रीले त्यसका लािग भित्र र बाहिर दलाल पूँजीवादको बिरुद्धमा लडिरहनुपर्ने बताएकी हुन् ।
उनले लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको पार्टी भएकाले यसलाई कुनै हालतमा बचाउनुपर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ । लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो ।’