के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ?

Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई प्रतिगमनकारी ओली सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन् ।

बिहीबार ट्वीट गर्दै भट्टराईले के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? भन्दै प्रश्न गरेका छन् । उनले जसपाले ओलीतन्त्रको घाँस नखाने बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पञ्चायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया!’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का रद्द गर्न लेखा समितिको निर्देशन

२०७७ चैत्र १९, बिहीबार १५:११
Spread the loveकाठमााडैं । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेज मध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले फास्ट ट्रयाकको दुईवटा प्याकेजको टेण्डर आह्वानको लागि प्रि–क्वालिफिकेसनको नतिजा निकालिएको मध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने […]

समाचार छुट्याे की?