दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

Spread the love

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ गइरहेको लु १ ख ९८६३ नम्बरको बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेका उपरीक्षक चन्दले बताए । घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब उपत्यकाको फोहर उठ्ने

२०७७ चैत्र २०, शुक्रबार १९:५९
Spread the loveकाठमाडौं । काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि शुक्रबार आठ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ […]