प्रधानसेनापति थापाद्वारा लेखक र फोटो सर्जकलाई पुरस्कार प्रदान

Spread the love

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगिताका विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरेका छन् । सैनिक–जनसम्पर्क तथा सूूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसेनापति थापाले उनीहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका हुन् ।

विभिन्न कालखण्डका तस्बिर इतिहासका जिवन्त अभिलेख हुने भएकाले सेनाले तस्बिर सङ्कलन र तीनको सुुरक्षित गर्ने उद्देश्यले श्रव्यदृश्य अर्काइभ केन्द्र स्थापना गरेको छ । सेनाका विभिन्न संरचना तथा सकलदर्जासँग रहेका सैनिक गतिविधिसँग सम्बन्धित सङ्कलन गर्ने महत्वपूर्ण कडीका रुपमा प्रतियोगिता सञ्चालन गरेको बताएको छ ।

समारोहमा लेख रचनातर्फ महासेनानी विमलराज शर्मा प्रथम, ठाकुरप्रसाद बराल द्वितीय र अवकाश प्राप्त सहायकरथी धर्मबहादुर बानियाँ तृतीय घोषित भए । उनीहरुका लेखलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ प्रदान गरियो । सैनिक फोटो प्रतियोगीतामा भैरवनाथ गणले पहिलो र तेस्रो स्थान प्राप्त गर्यो भने द्वितीय पुरस्कार भने श्रीजंगणले जित्न सफल भयो । समारोहमा व्यवसायिक फोटोतर्फ श्रव्यदृश्य तथा समारोह महाशाखाका राजीव हेङ्गजुुको तस्बिरलाई वर्षको उत्कृष्ट घोषित गरियो ।

उक्त तस्बिरका लागि सर्जकलाई १५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो । उक्त विधामा सान्त्वनातर्फ छनौट भएका २२ जनालाई जनही १०/१० हजार रुपैयाँ प्रदान गरिने सेनाले जनाएको छ । सेनाले पहिलो पटक यसखाले फोटो प्रतियोगीता आयोजना गरेको हो । समारोहमा प्रधानसेनापति थापाले फोटो प्रतियोगिता मूल्याङ्कन समितिका फोटो पत्रकार प्रदीपराज वन्त, किशोर शर्मा र महासेनानी ईश्वरकुमार श्रेष्ठलाई नगद र कदरपत्र प्रदान गरे ।

लेख रचना मूल्याङ्कन समितिका प्राध्यापक कमलसिंह राठौर, प्राडा धुु्रवकुमार कार्की, रवीन्द्र खनाल र महासेनानी पद्मबहादुर बुढालाई पनि नगद पुरस्कार र कदरपत्र प्रदान गरियो । यसअघि समारोहमा फोटो मूल्याङ्कन समितिका फोटो पत्रकार वन्तले अप्रेशन कार्य, तालिम, खेलकुद, नागरिक सैनिक सम्बन्ध, समारोह र विविध गरी ६ विधामा आधारित रही तस्बिर छनौट गरिएको जानकारी दिए ।

प्रतियोगितामा विभिन्न विधामा प्राप्त करिब दुई हजार ४०० फोटामध्ये ३०० वटा तस्बिर छनौट गरी बोडमा पेश गरिएकामा अन्तिम प्रतिस्पर्धाका लागि २५ वटा छनौट गरिएको थियो ।

सोही २५ मध्येबाट पहिला, दोस्रा र तेस्रा तस्बिर छनौट गरिएको उहाँले जानकारी दिए । लेखरचना छनौट समितिका सदस्य रवीन्द्र खनालले पाँच जनाको समितिले ६ विधामा प्राप्त लेख रचना अनुसन्धानसहितको पाटोबाट अध्ययन र विश्लेषण गरी उत्कृष्ट लेख छनौट गरिएको जानकारी दिए ।

सैनिक सङ्गठनका महत्वपूर्ण अङ्गका रुपमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक हाल सन्तोष बल्लभ पौडेल छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात्तीको आक्रमणबाट कैलालीमा एक जनाको मृत्युु

२०७७ चैत्र २०, शुक्रबार २२:१३
Spread the loveटीकापुर । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरो टिप्न गएका […]